+
+
Shares

दयालाई ‘सुपरस्टार’ भन्दै ‘आप्पा’को गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ६ गते १४:३६

केही दिन अगाडि मात्र नायक अनमोल केसीलाई ‘मेघास्टार’को ट्याग दिदै चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक भएको थियो । अब, नायक दयाहाङ राइलाई ‘सुपरस्टार’को ट्याग दिदै चलचित्र ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘साँझ परेपछि’ बोलको गीतमा अनमोल गुरुङको शब्द तथा संगीत छ भने अनमोल र स्नेहश्रीको स्वर छ ।

आउँदो बर्षको जेठ २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रले बाबु र छोराको सम्बन्धको कथालाई उठान गरेको छ । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका छन् । माउन्टेन स्टोरिज प्रोडक्शन र सिनेमा आर्टस्को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा रुदेन सादा लेप्चाको लगानी छ ।

चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चाका साथमा तुलसी घिमिरे, अरुणा कार्की लगायतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?