Comments Add Comment

प्रधानमन्त्री ओली सुदूरपश्चिम दौडाहामा

७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम दौडाहामा निस्किएका छन् । उनले मंगलबार र बुधबार विभिन्न जिल्लाका कार्यक्रममा सहभागीता जनाउने छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार धनगढी हुँदै डडेलधुराको स्याउलेमा रहेको विद्युत्त् सवस्टेशनको दिउँसो २ बजे उदघाटन गर्ने कार्यक्रम छ । यसैगरी दिउँसो साढे ३ बजे डोटीको विपी नगरमा सहजपुर-बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।

यसैगरी बुधबार सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले बुधबार नै साढे ११ बजे नेकपाका सुदूरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली बुधबार नै काठमाडौं र्फकने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment