Comments Add Comment

प्रदेश सरकार मिडियामैत्री छ, डराउनु पर्दैन : मन्त्री केसी

७ फागुन, बुटवल । प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकार मिडियामैत्री रहेको दाबि गरेका छन् ।

प्रदेश ५ संसदमा टेबुल गरिएको प्रदेश प्रसारण बिधेयकको सर्बत्र बिरोध भैरहेका बेला मन्त्री केसीले सरकार मिडियामैत्री भएको प्रष्टीकरण दिएका हुन् ।

५८ औं वाषिर्कोत्सवको अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश ५ ले बुटवलमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मन्त्री केसीले मिडियाले प्रसारण/प्रकाशन गर्ने समाचारहरु बिश्वसनीय बनाउनुपर्ने सुझावसमेत दिए ।

मन्त्री केसीले मिडियालाइ गौरबमय बनाउनुपर्ने भन्दै बजारमा मिडियाकै समाचारका भरमा धेरै धारणा बनाउने हुदा थप बिश्वसनीय बनाउन जरुरी रहेको उल्लेख गरे ।

राससलाई अझै धेरै र छिटो समाचार दिनुपर्ने मन्त्री केसीले सुझासमेत दिएका छन् ।

यस्तै, प्रदेशसभाका प्रमुख प्रतिपक्षि दलका नेता बलदेब शर्मा पोखरेलले पत्रकारितामा दुबै तर्फको विचार सम्बोधन गरेर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा बुटवल उपमहानगरका मेयर शिबराज सुबेदी, राससका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, पूर्वसंासद बिनोद पहाडी, राससका प्रदेश ५ का प्रमुख भरत केसी, निरु गौतम, युवराज पाण्डेलगायतले बोलेका थिए ।

साथै उत्कृष्ट काम गरेको भन्दै चारजना राससकर्मीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment