+
+
Shares

सरकारले आश्वासनबाहेक केही दिएन : महेन्द्र राय यादव

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ७ गते १९:२१

७ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले वर्तमान संघीय सरकार पूर्ण रुपमा असफल भइसकेको टिप्पणी गरेका छन् । उनले यो सरकारले जनतालाई आश्वासनबाहेक केही दिन नसकेको बताए ।

सप्तरीको राजविराजमा पार्टी कार्यालय उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था डामाडोल भइसकेको, शान्ति सुरक्षा कमजोर बन्दै गएको तथा हत्या हिंसा र बलात्कार एवं भ्रष्टाचार बढ्दै गएको बताए । ‘यस्तो अवस्थामा सरकार सफल भयो भनेर भन्न मिल्दैन’ उनले भने, ‘सरकारप्रति जनताको विश्वास समेत घट्दै गएको छ ।’

नेपाली जनताको बलिदानीबाट प्राप्त संघीयता असफल बनाउन संघीय सरकार नै लागेको आरोप लगाउँदै उनले विगतमा आफ्नै जिल्लाबाट हुने कामका लागि जनतालाई अर्काे जिल्ला पुग्न बाध्य बनाइएको बताए । डिभिजन कार्यालयको नाममा दुई जिल्ला हेर्ने गरी खोलिएको कार्यालयले जनतालाई संघीयताको अनुभूति भन्दा सास्ती खेप्नुपरेको उल्लेख गर्दै उनले यस्तो काम बन्द गर्न आग्रह गरे ।

नेता यादवले संविधान संशोधन नभएसम्म आफ्नो पार्टी संघीय सरकारमा सहभागी नहुने दोहो¥याए । ‘हामीले संविधान संशोधन, आफ्ना कार्यकर्तामाथि लगाइएको झुट्टा मुद्दा फिर्ता, जेलमा रहेका आन्दोलनकारीको रिहाइसहितका माग गर्दै आएका छौं’ उनले भने, “माग पूरा भइनसकेकाले सरकारमा जाने कुरा आउँदैन ।”

गीत बन्द गराउन खोज्नु गलत

संयोजक यादवले सरकार जनताको आवाज समेत बन्द गराउन खोजेर निरंकुशता प्रदर्शन गरिरहेको समेत बताए ।

‘गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा..’ बोलको गीत बन्द गराउन खोज्नु सरकारको गल्ती हो’ उनले भने, ‘सरकारको यो कदमले लोकतन्त्रको खिल्ली उडाउन खोजेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?