
८ फागुन, काठमाडौं । काठमाडौंदेखि भारतको नयाँ दिल्लीसम्म चल्ने सार्वजनिक बसको छतमा फल्स सिलिङ बनाएर अवैध सामान भित्रिने गरेको खुलासा भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले गएराति काठमाडौंको नयाँ बसपार्कस्थित पार्किङ स्थलबाट एउटा बसलाई नियन्त्रणमा लिएसँगै भन्सारी छलेर सामान ल्याउने नयाँ तरिकाको खुलासा भएको हो ।
महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक केदार ढकालका अनुसार विशेष सूचनाका आधारमा ना४ख ९७५३ नम्बरको बसलाई पार्किङ स्थलमा फेला पारेर चेकजाँच गर्दा छतमा लुकाइएको अवस्थामा करिब ७१ लाख ४८ हजार ५ सय रुपैयाँ बराबरका सामानहरु बरामद भएका छन् ।
बरामद सामानहरुमा लेडिज सल, सुरुवाल, टिसर्ट, आयल, विद्युतीय सामग्री, मोटरसाइकलका पार्टपूर्जा लगायत छन् ।
हाल बसका चालक र सवारीधनी फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको एसपी ढकाल बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4