Comments Add Comment

भारतको युनाइटेड ब्रदर्शलाई पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश

८ फागुन, काठमाडौं । थ्रीस्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनलमा थ्रीस्टारले भारतको युनाइटेड ब्रदर्शलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारले उपाधिका लागि अब पारो एफसीसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

थ्रीस्टार क्लबलाई जित दिलाउन रन्जन विष्ट, बुद्ध लिम्बु र दिनेश राजबंशीले समान १-१ गोल गरे ।

१७औं मिनेटमा नै दिनेशले गोल गर्दै थ्रीस्टारको लागि अग्रता दिलाएका थिए । यसको तीन मिनेटपछि अर्थात २०औ मिनेटमा रञ्जनले गोल गर्दै थ्रीस्टारलाई २-० गोलको अग्रता दिलाएका थिए ।

यता, युनाइटेड ब्रदर्शले ३२औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म २-१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

थ्रीस्टारका लागि ८२औं मिनेटमा बुद्धले गोल गर्दै ३-१ गोलको स्थितिमा ल्याए । तर, युनाइटेड ब्रदर्शले अतिरिक्त समयमा गोल गर्दै खेल ३-२ गोलको अवस्थामा ल्याएपनि थ्रीस्टारलाई रोक्न भने सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment