Comments Add Comment

११ हजार किलोमिटर यात्रा गरेर एक नेपालीले गरे रक्तदान

अमेरिका / अमेरिकामा बस्दै आएका एकजना नेपालीले ११ हजार २०० किलोमिटरको यात्रा गरेर रक्तदान गरेका छन् । गत मंगलबार अर्जुन मैनालीले न्यू योर्कबाट अफि्रकी देश इथोपिया पुगेर रक्तदान गरेका हुन् ।

अफ्रिकामा हरेक वर्ष ६ लाख गर्भवती र सुत्केरीको अत्यधिक रक्तश्राव हुँदा रगत अभावमा जीवन गुमाउने गरेकोले लामो दूरी पार गरेर रक्तदान गर्न इथोपया पुगेको उनले बताएका छन् ।

रक्तदान गर्न पुगेका उनका लागि मात्रै इथोपिया नेशनल ब्लड सर्भिसले एडिस आबाबाको पाँच तारे होटेल क्यापिटल इन्टरनेशनलमा अन्तरकि्रया कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा उनले रक्तदान गरेका थिए ।

रक्तदान पश्चात मैनालीले भने, ‘मसँग भएको मानवीय अमूल्य जीवनको भण्डारलाई तपाईंहरुसँग बाँढु भनेर आफ्नै साधन स्रोतमा यहाँसम्म आएको हुँ ।’

उनले थपे, ‘ बिरामीको उपचार गर्न रगत नभएको अवस्थामा कुनै अदृश्य शक्तिले मेरो मन, भावनामा रक्तदान गर्न इथोपियामा नै जाउँजाउँ जस्तो लाग्यो र आएँ ।’

अहिलेसम्म (३१ वर्षको अवधि) मैनालीले १५ देशा १६८ पटक रक्तदान गरिसकेका छन् । यो ८४ हजार मिलिलिटर रगत हो ।

उक्त कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डाक्टर सेहर्ला अब्दुलाहीले रक्तदाता मैनाली एक असाधारण व्यक्त्िव भएको र उनको कार्यले आफ्ना नागरिकहरुमा रक्तदान गर्न उत्साह मिल्ने बताएकी थिइन् ।

कार्यक्रममा मैनालीलाई प्रमाणपत्र र पोशाकले सम्मान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment