Comments Add Comment

चेल्सीमाथि खेलाडी अनुबन्धन गर्न प्रतिबन्ध

१० फागुन, काठमाडौं । फिफाले इंग्लिस क्लब चेल्सीमाथि दुई ट्रान्सफर खेलाडी अनुबन्ध गर्न प्रतिबन्ध लगाएको छ ।

चेल्सीले युवा खेलाडी अनुबन्धनमा नियम उल्लंघन गरेको ठहर गर्दै फिफाले जनवरी २०२० सम्म खेलाडी अनुबन्ध गर्न प्रतिबन्ध लगाएको हो । सातै क्लबमाथि ४ लाख ६० हजार र फुटबल एशोसिसनमाथि ३ लाख ९० हजार पाउण्ड जरिवाना समेत तोकिएको छ ।

यद्यपि यो निर्णयविरुद्ध अपिल गरिने चेल्सीले बताएको छ ।

बेरट्रेन्ड टारे लगायतका १८ वर्ष मुनीका खेलाडी अबुन्धनलाई लिएर फिफाले चेल्सीमाथि अनुस्न्धान थालेको थियो । ९२ केसमध्ये २९ मा फिफाको नियम उल्लंघन गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment