Comments Add Comment

शिक्षक नियुक्त गरिदिने भन्दै एक लाख घुस !

११ फागुन, बुटवल । कपिलबस्तुमा एक लाख रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् ।

शनिबार विहान १० बजेतिर कपिलवस्तु नगरपालिका- १ स्थित मालटोलमा एक लाख घुस रुपैयाँ लिइरहेको अवस्थामा विजयनाथ चौवे पक्राउ परेका हुन् । उनी जिल्लाको यशोधरा गाउपालिका ३ बसन्तपुरस्थित श्रीकृष्ण धार्मिक माविका विद्यालय व्यवस्थापन समिति सदस्य हुन् ।

शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख रुपैयाँ लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउने आयोगको बुटवल कार्यालयका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।

तस्वीरः नारद कोहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment