Comments Add Comment

राणा र लोहनीलाई कमल थापाको आग्रह : एकताका लागि ढिलो नगर्नुस्

१२ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले एकतामा आउन राप्रपा संयुक्तलाई आग्रह गरेका छन् । देशलाई कम्युनिस्ट कब्जाबाट मुक्त गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई आग्रह गरे ।

दीपक बोहोरा समूहलाई पार्टी प्रवेश गराउँदै थापाले राणा र लोहनीको नाम लिँदै भने, ‘ढिलो नगर्नुस् ।’ राणा, लोहनीसँगै आफूहरु राजनीतिक जीवनको उत्तरार्धमा पुग्न लागेको उनले एकतामा ढिलो नगर्न आग्रह गरे । उनले भने, एकातिर लाखौं कार्यकर्ताको भविश्यको कुरा छ, अर्कोतिर नेपाललाई बचाउन बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति नभई भएको छैन ।

अहिले ब्रम्हलुट गर्नेहरुले नै विगतका इमान्दारलाई अबमूल्यन गरिरहेको भन्दै उनले गर्दै नगरेको अपराधको भागी हुनुपर्दा इख छैन भनेर राणा र लोहनीलाई प्रश्न गरे । एकताका लागि आफू तयार रहेको भन्दै उनले भने, के गर्नुपर्‍यो ? सबै गर्न तयार छौं । तर, चाँडो एक ठाउँमा बस्ने अवस्था सृजना गरौं ।’

राप्रपा अध्यक्ष थापाले अबको चार वर्षमा राप्रपालाई राप्रपालाई कांग्रेस र कम्युनिस्ट सरह बलियो शक्ति देख्न चाहेको सुनाए । अब हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रका लागि निर्णायक संघर्ष गर्ने भन्दै उनले त्यसमा एकसाथ हुन आग्रह गरे । उनले भने, ‘सनातन धर्म, राजसंस्थासहितको लोकतन्त्रका निम्ति बन्दुक बोकेर जंगल जाने होइन, जनताको घरदैलोमा जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment