+
+
Shares

टि्वटरका सिइओले भारतीय संसदलाई टेरेनन्, उपाध्यक्षलाई पठाउने

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १३ गते ०:०५

माइक्रो ब्लगिङ साइट टि्वटरका एकजना वरिष्ठ अधिकारी सोमबार भारतीय संसदको एक समितिमा उपस्थित हुने भएका छन् । टि्वटरको सार्वजनिक नीती सम्बन्धी अन्तराष्ट्रिय उपाध्यक्ष कोलिन क्राबेल भारतीय संसदको सूचना प्रविधि समितिमा उपस्थित हुने भएका हुन् ।

टि्वटरका प्रवक्ताका अनुसार भारतीय संसदको आग्रह अनुसार टि्वटरका अधिकारी संसदीय समितिमा जान लागेका हुन् । सोसल तथा अनलाइन समाचार मिडिया प्लेटर्फममा नागरिकका अधिकारलाई सुरक्षित राख्नका लागि टि्वटरका विचार सुन्न गरिएको आमन्त्रणलाई स्विकार गरिएको उनले बताएका छन् ।

आपत्तिजनक सामाग्री तथा राजनीति पूर्वाग्रहयुक्त सामाग्रीहरुलाई प्लेटर्फमबाट हटाउनका लागि टि्वटरले तदारुकता नदेखाएको भारत सरकारले आरोप लगाउँदै आएको छ ।

भारतीय जनता पार्टीका सांसद अनुराग ठाकुरको अध्यक्षतामा रहेको उक्त संसदीय समितिले टि्वटर प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न नसकेको तथा राष्ट्रवादी पोष्टहरुसँग भेदभावपूर्ण रवैया अपनाएको भन्दै टि्वटरका मुख्य कार्यकार अधिकृत ज्याक डोर्सीलाई स्पष्टिकरणका लागि बोलाएको थियो । तर भारतीय संसदीय समितिको उक्त आमन्त्रणलाई टि्वटरका सिइओ डोर्सीले टेरेनन् र आफ्ना उपाध्यक्षलाई पठाउन लागेका हुन् ।

भारतीय संसदको समितिमा सबै खालका प्रश्नको सामना गर्न तयार रहेकेा क्रबेलले बताएका छन् ।

दक्षिणपन्थी तथा राष्ट्रवादी विचारधारलाई टि्वटरमा निषेध गरेको भन्दै भारतमा टि्वटर विरुद्ध प्रदर्शन समेत हुने गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?