Comments Add Comment

हलिउड फिल्मको रिमेकमा परिणिती

परिणिती चोपडा आफूलाई फरक–फरक अवतारमा प्रस्तुत गर्ने नायिकाको रुपमा चिनिन्छिन् । यसै वर्ष उनी अभिनित ३ चलचित्र रिलिजको तयारीमा छन् । उनका यी तीनै चलचित्र फरक फरक कथामा निर्माण भएका छन् । यस्तैमा परिणिती एक नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् ।

परिणिती हलिउड चलचित्र ‘दि गर्ल अन दि ट्रेन’ नामक चलचित्रको रिमेकमा काम गर्न लागेकी हुन् । थ्रिलर जनराको यो चलचित्र परिणितीको लागि नयाँ अनुभव हुनेछ । उनले यस अघि थ्रिलर चलचित्रमा काम गरेकी छैनन् । यो चलचित्रमा उनी मुख्य भूमिकामा प्रस्तुत हुनेछिन् । यो चलचित्रको रिमेकको अधिकार रिलाइन्स इन्टरटेन्टमेन्टले खरिद गरेको हो भने चलचित्रलाई रिभु दासले निर्देशन गर्ने भएका छन् ।

‘दि गर्ल अन दि ट्रेन’ पौला हक्विनको ‘दि गर्ल अन दि ट्रेन’ नाममा नै लेखिएको उपन्यासमा आधारित रहेर निर्माण भएको हो । सन् २०१६ मा रिलिज भएको यो चलचित्रलाई टाटे टल्योरले निर्देशन गरेका थिए । यो चलचित्रको मुख्य भूमिकामा इमिली ब्लून्ट प्रस्तुत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment