
१३ फागुन, काठमाडौं । पाँचथर पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । पाँचथर जिल्लामा १४.९ मेगावाटको ‘हेवा खोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको पाँचथर पावरले सोमबारदेखि आईपीओका लागि आवेदन खुला गरेको हो ।
कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयहरुका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ७ लाख ८७ हजार ७५० कित्तासमेत थप गरी कुल १७ लाख ५० हजार २५० कित्ता शेयर निष्कासन गरेको हो ।
यसमध्ये कर्मचारीलाई २५ अर्थात ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ५५ (८७ हजार ५१२ कित्ता) छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई बिक्री गरिंदैछ ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवदेन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
प्रतिक्रिया 4