Comments Add Comment

बी डिभिजन लिग : सातदोबाटो बी डिभिजन लिगको फाइनल राउण्डमा

१३ फागुन, काठमाडौं । सातदोबाटो क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार सम्पन्न पहिलो राउण्डको खेलमा नयाँबस्ती युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सातदोबाटो युथ क्लब फाइनल राउण्डमा प्रवेश गरेको हो ।

सातदोबाटो क्लबका लागि निरज महर्जन, विमल केसी र रमेशकुमार राजवंशीले गोल गरे । यता नयाँबस्तीका लागि साजन राईले गोल गरे ।

खेलको ११ औं मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । साजनले ३५औं मिनेटमा गोल गर्दै नयाँबस्तीलाई १–१ गोलको बराबरी दिलाए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको सातदोबाटोले दोस्रो हाफमा दुई गोल गर्‍यो । सातदोबाटोका लागि खेलको ६० औं मिनेटमा विमलले र ८७ औं मिनेटमा रमेशले गोल गर्दै ३–१ गोलको जित दिलाए ।

योसँगै फाइनल राउण्डमा प्रवेश गर्ने टिमको छिनोफानो भएको छ । सातदोबाटो र रानी पोखरी कर्नर टिम (आरसीटी) समूह ए बाट फाइनल राउण्डमा प्रवेश गरेका छन् । त्यस्तै, समूह बी बाट टुसाल क्लब र श्री भगवती फाइनल राउण्डमा प्रवेश गरेको छ ।

फाइनल राउण्डमा चार टिम हुने छन् । यो राउण्डमा पनि सबै टिमले एक आपसमा प्रतिस्पर्धा गर्नेछ । जुन टिमको अंक बढी हुन्छ त्यो टिमले शहीद स्मारक बी डिभिजन लिग फुटबलको उपाधि उचाल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment