Comments Add Comment

मध्य मर्स्याङ्दी-दमौली-मर्स्याङ्दी प्रसारणलाइन सञ्चालनमा आयो

१४ फागुन, काठमाडौं । मध्य मस्र्याङदी -दमौली- मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ ।
नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारणलाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन (चार्ज) मा ल्याएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारणलाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए ।

‘मध्यमस्र्याङदी-मस्र्याङदी प्रसारणलाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत आयोजनाबाट वर्खामा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना थियो अब मध्यमस्र्याङदी-दमौली-मस्र्याङदी लाइन सञ्चालनमा आएपछि विद्युत खेर जाने सम्भावनाको अन्त्य भएको छ’, उनले भने ।

उनका अनुसार मस्र्याङदी-काठमाडौं र मस्र्याङदी-भरतपुर प्रसारणलाइनमा फल्ट आउँदा प्राधिकरणका मध्यमस्र्याङदी, मस्र्याङदी सहित निजी क्षेत्रका आयोजनाको विद्युत प्रवाह गर्न नसक्ने अवस्था थियो ।

अव यसको पनि अन्त्य भएको छ । अब ती आयोजनाको विद्युत दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ ।

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङदी ७० मेगावाट तथा तल्लो मस्र्याङदी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमस्र्याङदी-मस्र्याङदी प्रसारणलाइन हुँदै काठमाडौं र चितवको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।

मध्य मस्र्याङदी-दमौली-मस्र्याङदी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भारतपुर तर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए ।

उनले दमौली सबस्टेसनबाट दमौली- लेखनाथ र दमौली-भरतपुर प्रसारणलाइनमार्फत क्रमशः पोखरा र दमौली-भरतपुर तर्फ विद्युत् पठाउन सकिने बताए ।

यही आयोजना अन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२/३३ केभी सब स्टेसन केही दिनमै सञ्चालनमा उनले जानकारी दिए ।

‘मस्र्याङदी, दमौली र मध्य मस्र्याङदी सबस्टेसनमा वे पनि थपेका छौं, मध्य मस्र्याङदीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment