+
+
Shares

भारतीय आक्रमणको समर्थन गर्दै वीरगञ्जमा राजपाको प्रदर्शन

सुरेश बिडारी सुरेश बिडारी
२०७५ फागुन १४ गते १७:४९

१४ फागुन, वीरगञ्ज । पुलवामा आक्रमणपछि सुरु भएको भारत र पाकिस्तानको तनाव बढ्दो छ । मंगलबार विहानै भारतीय वायुसेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) पार गर्दै गरेको बम हमलाले आगोमा ध्यू थपेको छ ।

पुलवामा आक्रमणको निन्दा गरेको नेपालले पछिल्लो घटनाबारे केही बोलेको छैन ।

तर, मंगलबार वीरगञ्जमा फरक दृश्य देखियो । संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको विद्यार्थी र युवा संगठनले नेपाली झण्डासहित भारतको समर्थनमा प्रदर्शन मात्र गरेन, भारतकै लोलीमा बोली मिलाउँदै अमुख देशलाई आतंकवादलाई संरक्षण दिएको भन्दै मुर्दाबादको नारासमेत लगाए ।

विद्यार्थी र युवा भ्रातृ संगठनको आह्वानमा भएको प्रदर्शनको नेतृत्व राजपाका महासचिव राजेशमान सिंह स्वयंमले गरेका थिए । गत फेब्रुअरी १४ मा ४६ जना भारतीय सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आत्मघाती आतंकवादी हमलाको विरोधमा प्रदर्शन गरेका हौं’ उनले भने, ‘आतंकवादविरुद्ध विश्व एक हुनुपर्छ, त्यही सन्देश दिन आतंकवादलाई साथ र समर्थन गर्ने तथा आतंकवादीको संरक्षण गर्नेहरुको विरोधमा वीरगञ्जमा हामीले प्रदर्शन गरेका हौं ।’

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास नजिकै रहेको लालबंगला परिसरबाट निकालेको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गरेपछि विरोध सभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागीहरुले ‘आतंकवाद र आतंकवादीलाई संरक्षण दिने राष्ट्र मुर्दावाद’, ‘आतंकवादविरुद्ध भारत हामी तिम्रो साथमा छौं’, ‘नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस्’ जस्ता नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेका थिए ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?