+
+

काठमाडौं मलका व्यापारीले भने- सञ्चय कोषले आत्महत्या गर्न बाध्य पार्दैछ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते १५:०३

१४ फागुन, काठमाडौं । काठमाडौं मलका व्यापारीले कर्मचारी सञ्चय कोषको आदेश मानेर पसल हटाउँदा अर्बौंको लगानी डुब्ने बताएका छन् ।

दीर्घकालीन लाभको अपेक्षा राखेर पसलमा लगानी गरेका व्यवसायी भवन खाली गराउने कोषको अल्टिमेटमले तनावमा परेको उनीहरुको भनाइ छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘द काठमाण्डौं मल ब्यापार संघ’ले निर्वाध व्यवसाय गर्न दिन आग्रह गरेको छ । मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको संघकी अध्यक्ष सुष्मा महराले बताइन् ।

‘बल प्रयोग गरेर पसल हटाउने कोषका कर्मचारीका कुराले ब्यापारीहरुले आत्महत्याको बाटो रोज्नु पर्ने अवस्था सृजना हुन थालेको छ’, उनले भनिन् ।

ठेकदारसँग ठेक्का सम्झौता तोडिएको दुई महिना बितिसक्दा पनि कोषले भाडा निर्धारण गर्न नसकेको, कोषका कर्मचारीले मलमा भएका पसल हटाएर अन्य अफिस राख्न लागिएको भन्दै व्यवसायीलाई त्रसित पार्ने गरेको संघकी अध्यक्ष महराले बताइन्

काठमाडौं मल एउटा भवन मात्रै नभइ व्यवसायिक केन्द्र पनि भएकाले यसलाई अन्य प्रयोजनमा प्रयोग गर्न नहुने व्यवसायीको तर्क छ ।

भएका पसल हटाएर ‘कर्पोरेट हाउस’ को सट्टा कोषले उक्त भवनलाई व्यवस्थित व्यापारिक केन्द्र बनाउन लाग्नुपर्ने उनीहरुको भनाइ छ । भवनमा भएका पसल हटाएर फेरि बिचोलियालाई जन्माउने चलखेल भएको महराको दाबी छ ।

मलमा झण्डै ३ सय पसल छन् । मलका झ्यालढोका फोडेर अगाडि-पछाडि, दायाँबायाँ ३७ वटा टहरामा पनि पसल सञ्चालनमा छन् ।

माघ १३ गते एक महिने सूचना जारी भएकोमा ५ फागुनमा पुनः सूचना जारी गर्दै सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको काठमाडौंका खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको थियो ।

गुण्डा नाइके राजु गोरखाली समूहसँग गत पुसमा ठेक्का सम्झौता तोडेको कोषले आˆनो स्वामित्वमा रहेको उक्त भवनलाई ‘कर्पोरेट हाउस’ बनाउन पसलहरु हटाउन लागिएको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?