Comments Add Comment

ताप्लेजुङ दुर्घटना : हेलिकोप्टरसम्म शव पुर्‍याउन दुई घन्टा लाग्ने

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ल्याउन ४ वटा हेलिकोप्टर काठमाडौंबाट उडेको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार एयर डाइनेष्टी र सिम्रिक एयरको एक/एक वटा हेलिकोप्टरसहित नेपाली सेनाको एमआई १७ र अर्को हेलिकोप्टर पनि त्यसतर्फ गएको छ ।

यद्यपि, खराब मौसमका कारण ल्याण्ड गर्न नसेको उनले गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘ल्याण्ड गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छ । सम्भवतः ताप्लेजुङको विमानस्थल वा नेपाली सेनाको हेलिप्याडमा ल्याण्ड हुनेछ’, उनले भने, ‘अहिले जहाँ दुर्घटना भएको हो, त्यहाँ शवहरुलाई संकलन गरिसकिएको छ । त्यहाँबाट हेलिकोप्टर ल्याण्ड हुने स्थलसम्म शवलाई बोकेर ल्याउनुपर्छ ।’

शव ल्याउन डेढदेखि दुई घन्टा लाग्ने उनले जानकारी दिए । त्यसका लागि स्थानीय प्रशासनले काम सुरु गरिसकेको पनि प्रवक्ता सुवेदीले बताए ।

घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भइसकेको छ । दुर्घटनाको कारण खराब मौसम भएको पनि उनले सुवेदीले बताएका छन् ।

यो पनि पढ्नुहोस् :

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय 

पाथीभराबाट उडेको एक मिनेटमै दुर्घटना भएको थियो हेलिकोप्टर

हेर्नुहोस् गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment