Comments Add Comment

‘चुलो चौका’ भन्दै सन्नी र सुमीको छमछमी

चलचित्र ‘सरौतो’मा समावेश लोकलयको एक गीतको छायांकन सुरु भएको छ । चलचित्रको २१ दिनको छायांकन काठमाण्डौमा सकिएको छ । अब, करिब एक महिनाको छायांकन तराइमा गर्ने यसको निर्माणपक्षले बताएको छ । ‘चुलो चौका’ बोलको गीतलाई दर्शकले मन पराउने विश्वास गरिएको छ । हरि हुमागाँइको डेब्यू निर्देशनमा तयार हुन लागेको यो चलचित्रको गीतको भिडियोमा मुख्य कलाकारद्धय सन्नी सिंह र सुमी मोक्तानलाई फिचरिङ गरिएको छ । बिहेको सेट लगाएर यो गीतको भिडियो खिचिएको छ ।

यो चलचित्रमा सुमीलाई दर्शकले बोल्ड र एक्सन अवतारमा देख्न पाउनेछन् । चलचित्र ‘सरौतो’मा दर्शकले सुमीलाई एक्सन लेडीको रुपमा देख्नेछन् । यो चलचित्रका लागि सुमीले २ बर्षदेखि एक्सनको तालिम लिइरहेकी थिइन् ।
यो चलचित्रमा सुमी र सन्नीको साथमा आमिर गौतम, यूवराज लामा, विजय लामा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

श्री महर्जनको लगानीमा तयार हुन लागेको चलचित्रमा राघव महर्जनको कथा, उत्तम हुमागाँइको छायांकन छ । यो गीतको भिडियोलाई निलिशा शाक्यले कोरियोग्राफी गरेकी छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment