+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

अमेरिकी मध्यस्थतामा भारत–पाकिस्तान तनाव चाँडै हल हुँदैछ : ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते १५:२८

१६ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच जारी तनाव चाँडै हल हुने आशा व्यक्त गरेका छन् । उनले दुई देशबीच अमेरिकाले मध्यस्थता गरिरहेको दावी पनि गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनसित वार्ताका लागि भियतनामको हनोईमा पुगेका ट्रम्पले साइडलाइन कुराकानीमा भारत–पाकिस्तानबारे प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मलाई लाग्छ कि भारत र पाकिस्तानका तर्फबाट आकर्षक खबर आइरहेको छ । दुवै देशहरुमा पछिल्लो समय तनाव जारी छ । यो मुद्दालाई सुल्झाउन हामी मध्यस्थता गरिरहेका छौं । हामीलाई राम्रो खबर प्राप्त भइरहेको छ । आशा छ कि वर्षौं पुरानो तनाव चाँडै नै अन्त्य हुने छ ।’

गत १४ फेबु्रअरीमा पुलवामामा भएको आतंकवादी हमलापछि अमेरिकाले त्यसको निन्दा गरेको थियो । तर, त्यसपछिको विकासक्रममा उसले औपचारिक प्रतिक्रिया दिएको छैन । बुधबार राति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री माइक मम्पियोसँग कुरा गरेका थिए ।

ट्रम्पले भने भारत वा पाकिस्तान कसैको पक्ष नलिइकन तनाव चाँडै हल हुने आशा व्यक्त गरे । अमेरिका भारत समर्थक मानिदै आएको छ ।

यो पनि पढ्नुहोस् : भियतनाममा ट्रम्प र किमबीचको वार्ता असफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?