Comments Add Comment

अमेरिकी मध्यस्थतामा भारत–पाकिस्तान तनाव चाँडै हल हुँदैछ : ट्रम्प

१६ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच जारी तनाव चाँडै हल हुने आशा व्यक्त गरेका छन् । उनले दुई देशबीच अमेरिकाले मध्यस्थता गरिरहेको दावी पनि गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनसित वार्ताका लागि भियतनामको हनोईमा पुगेका ट्रम्पले साइडलाइन कुराकानीमा भारत–पाकिस्तानबारे प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मलाई लाग्छ कि भारत र पाकिस्तानका तर्फबाट आकर्षक खबर आइरहेको छ । दुवै देशहरुमा पछिल्लो समय तनाव जारी छ । यो मुद्दालाई सुल्झाउन हामी मध्यस्थता गरिरहेका छौं । हामीलाई राम्रो खबर प्राप्त भइरहेको छ । आशा छ कि वर्षौं पुरानो तनाव चाँडै नै अन्त्य हुने छ ।’

गत १४ फेबु्रअरीमा पुलवामामा भएको आतंकवादी हमलापछि अमेरिकाले त्यसको निन्दा गरेको थियो । तर, त्यसपछिको विकासक्रममा उसले औपचारिक प्रतिक्रिया दिएको छैन । बुधबार राति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री माइक मम्पियोसँग कुरा गरेका थिए ।

ट्रम्पले भने भारत वा पाकिस्तान कसैको पक्ष नलिइकन तनाव चाँडै हल हुने आशा व्यक्त गरे । अमेरिका भारत समर्थक मानिदै आएको छ ।

यो पनि पढ्नुहोस् : भियतनाममा ट्रम्प र किमबीचको वार्ता असफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment