Comments Add Comment

प्रधानमन्त्रीलाई कमल थापाको प्रश्न : कसको दबावले लाचार बन्नुभयो ?

राप्रपाको मेची महाकाली यात्रा झापामा

१६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले लाचार बनेको आरोप लगाएका छन् ।

देशमा खुलेआम देश टुक्र्याउने आवाज उठ्दा पनि राष्ट्रवादी छविका प्रधानमन्त्रीले कुनै कदम चाल्न नसकेको भन्दै उनले कसको प्रभावले लाचार बनेको भनी प्रश्नसमेत गरे ।

पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा प्रधानमन्त्रीको गृहजिल्ला झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीको राष्ट्रवादी छविकै कारण जनताले दुई तिहाइ मत दिएको भन्दै उनले अहिले देश टुक्र्याउने आवाज उठ्दा पनि मौन बस्नु आश्चर्यजनक भएको बताए ।

‘तपाईले चुनावको बेलामा राष्ट्रियताको पक्षमा उठाउनुभएको आवाजको कारणले जनताले दुई तिहाइ बहुमत दिएका हुन्’ उनले प्रश्न गरे ‘राष्ट्रवादी छवि भएको नेता देश टुक्र्याउनुपर्छ भनेर खुलेआम प्रदर्शन हुँदा किन मौन बस्नुभयो ?’

उनले अगाडि थपे ‘राष्ट्रवादी केपी ओली कसको दबाब र प्रभावले गर्दा लाचार बन्नुभो ?’

आफूले विगतमा प्रधानमन्त्री ओलीसँग ९/१० महिना सँगै काम गरेको स्मरण गर्दै थापाले अहिले भने लाचारी देखेको बताए । ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्नुहुन्छ, उहाँको वरपर बस्नेले यो देश लुटिरहेका छन् । तर प्रधानमन्त्री लाचार हुनुहुन्छ’ उनले भने ।

राप्रपाले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत झापामा आयोजित कार्यक्रममा उनले संघीयतालाई मुलुकले थेग्न नसक्ने देखिएको बताए । बुधबार ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको दोस्रो दिन बुधबार झापामा राप्रपाले शक्ति प्रदर्शन र सभा गरेको छ ।

सभामा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, नेताहरू बुद्धिमान तामाङ, राजीव पराजुली, टंक ढकाल, राजेन्द्र लिङ्देन, राम थापालगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment