+
+

के आर्यनको गुमेको स्टारडम फर्किएला ?

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते १०:३०

नायक आर्यन सिग्देलले काम गरिरहेका चलचित्रलाई हेर्ने हो भने, उनको गुमेको स्टारडम फेरि फर्किने संकेत देखिएको छ ।  विकासराज आचार्य निर्देशित चलचित्र ‘हजार जुनी सम्म’ले आर्यन सिग्देललाई केन्द्रमा राखेको छ । यसैले पनि यो चलचित्रको व्यापारले आर्यनलाई ठूलो फाइदा मिल्नेछ । ‘किस्मत’ डेब्यू नायकको केही बर्ष अघिसम्मको हाइप लोभलाग्दो थियो । आर्यनको चकलेटी अनुहारलाई लिएर यूवायूवतीमा गज्जबको क्रेज थियो ।

तर, आर्यनले धेरै चलचित्रमा काम गर्दा उनको क्रेज गुमेको थियो । आर्यन अब पुरानो क्रेज फर्काउने दाउमा लागेका छन् । आर्यनले ‘हजार जुनी सम्म’पछि साम्तेन भुटियाको चलचित्र ‘चच हुई’को पनि छायांकन प्रारम्भ गरिसकेका छन् ।

आर्यनको खोजी अहिले फेरि चलचित्र क्षेत्रमा बढेको छ । आर्यनले लय नगुमाएको भए उनको क्रेज अहिले पनि उस्तै हुन्थ्यो भन्ने कुरामा त दुइमत छै्रन । तर, अब आर्यनले बिषयवस्तुलाई हेरेर कम चलचित्रमा काम गर्ने हो भने उनको लोभलाग्दो क्रेज फर्कन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?