+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

बंगलादेशविरुद्ध न्युजिल्यान्ड बलियो, दुई खेलाडीको शतक

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते १३:४२

१७ फागुन, काठमाडौं । बंगलादेशविरुद्धको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्डले पहिलो पारीमै उच्च स्कोर बनाएको छ ।

दोस्रो दिनको समाप्तिसम्म न्युजिल्यान्डले बंगलादेशविरुद्ध चार विकेटको क्षतिमा ४५१ रन बनाएको छ । न्युजिल्यान्ड बंगलादेशभन्दा २१७ रनले अघि रहेको छ ।

न्युजिल्यान्डका लागि दुई खेलाडीले शतक बनाए । ओपनर टोम लाथमले १६१ र जित राभलले १३२ रन बनाए । त्यस्तै, कप्तान केन विलियम्सन ९३ रनमा अविजित छन् । त्यस्तै, हेनरी निकोलसले ५३ रन बनाए ।

बलिङतर्फ बंगलादेशका सौम्य सरकारले दुई विकेट लिए । न्युजिल्यान्डले यही स्थितिबाट तेस्रो दिन ब्याटिङ थाल्नेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो दिन सबै विकेटको क्षतिमा २३४ रन बनाएको थियो । बंगलादेशका लागि तमिम इक्बलले शतकसहित १२६ रन बनाए पनि अन्य ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । बलिङतर्फ न्युजिल्यान्डका नेइल वाग्नरले पाँच विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?