Comments Add Comment

वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष थिए : प्रधानमन्त्री ओली

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे बोलेका हुन् ।

अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको भन्दै उनले भने, ‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । तर, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे । जो सम्पूर्ण रुपमा निराधार कुरा हो ।’

‘उहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो । तर, पनि नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।’

वाइडबडीबारे रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘मलाई दुःख लाग्छ कि उहाँ जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने काम पनि भयो ।’

मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधारण काम गरेको ओलीले बताए । उनकै सक्रियतामा ६ वटा विमास्थलमा रात्री उडान सञ्चालन, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने काम भएको ओलीले बताए ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैँले हेरेर आउने भनेर मन्त्री अधिकारी त्यसतर्फ गएको प्रधानमन्त्री ओलीले चर्चा गरे ।

ढिलोमा तीन बर्षभित्र त्यो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, ‘हिजो वहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरर्पोट ह्याण्डिलिङ बनाउने योजना थियो ।’

अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको उनले बताए ।

दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले बताए । यसैगरी उपसचिव युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट विश्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ ।

नेकपा संसदीय दलको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment