Comments Add Comment

भारतमोहन र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा भृकुटीमण्डपमा

२० फागुन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै दिवंगत भएका दुई नेताहरु भरतमोहन अधिकारी, रवीन्द्र अधिकारी र हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झनामा फागुन २३ गते भृकुटीमण्डमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ ।

महासचिव बिष्णु पौडेलको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले कम्तिमा २० हजारको उपस्थितिमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने तय भएको नेकपाका प्रदेश ३ कमिटीका सचिव आनन्द पोखरेलले जानकारी दिए ।

श्रद्धाञ्जलीसभामा स्वर्गीय नेताद्धय अधिकारीलगायत अन्य परिवारका सदस्य पनि सहभागी हुने उनले बताए । तयारी बैठकमा नेकपा नेताहरु अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment