Comments Add Comment

म्यानचेस्टर सिटीले भारतमा फुटबल क्लब किन्ने

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले भारतमा फुटबल क्लब किन्ने भएको छ । क्लबका मुख्य कार्यकारी अधिकृत फेरान सोरियानोले भारतमा क्लब किन्नेबारे विचार गरिरहेको बताएका छन् ।

सिटी फुटबल ग्रुपले फेब्रुअरीमा चीनको तेस्रो स्तरीय क्लब सिचुआन जियुनियुको हिस्सा किनेपछि पोर्टफोलियो सात क्लबमा बढाइसकेको थियो । यसका अलावा म्यानचेस्टर सिटीले न्युयोर्क सिटी, मेलबर्न सिटी, योकोहामा एफ मारिनोस, एथ्लेटिको टर्क र जिरोनामा पनि साझेदारी गरिसकेको छ ।

‘यो सबै कुराहरुलाई मध्यनजर गरेर कुनै निर्णय अघि हामीले धैर्यता राख्नुपर्ने हुन्छ’ क्लबका मुख्य कार्यकारी अधिकृत सोरियानोले भनेका छन्,
‘हामी वास्तविक फुटबल प्यासन र अवसर भएका केही देशमा अझै क्लबमा लगानी गर्नेबारे सोचिरहेका छौँ, जस्तो कि चीन, भारत पनि । एसियामा अवसर अरु पनि हुन सक्छन् ।’

उनले एसियामा अर्को क्लब लगानी भारतमा गर्नेबारे गएको दुई वर्षदेखि सोचिरहेको पनि बताएका छन् । ‘हामीले गएको दुई वर्षदेखि भारतमा विचार गरिरहेका छौँ, मलाई लाग्छ यो वर्ष भारतमा लगानी गर्ने कुरा टुंगो लाग्नेछ’ उनले भनेका छन् ।

न्युयोर्कमा भगिनी संस्था स्थापना भएपछि सन् २०१३ देखि सिटी फुटबल ग्रुपको नाममा विभिन्न देशमा लगानी बढाउन थालेको हो । लगानीमा आफूहरुले हतार नगरी सोचविचार गर्दै बढीरहेको क्लबका मुख्य कार्यकारी अधिकृत सोरियानोले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment