+
+
Shares

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २१ गते १३:००
Photo Credit : युनुस गुरूङ ।

२१ फागुन, पोखरा । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको र उपचारका क्रममा  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट एड सिजरको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?