Comments Add Comment

गुल्मीमा भेटिएको शवको पहिचाहन

२१ फागुन, गुल्मी । गुल्मीमा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

रेसुङ्गा नगरपालिका-३ बेहोरको जंगलमा भेटिएको शव इस्मा गाउँपालिका-६ अम्मरपुर निवासी ३५ वर्षीय खड्गबहादुर बोहरा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।

गत फागुन २ गते बुटवलबाट दाइलाई भेटेर घर जान हिँडेका उनी परिवारको सम्पर्कमा नआएको दाइ तेजबहादुर बोहराले बताए ।

अनुहार नचिनिने अबस्था फेला परेको शवलाई आफन्तले कपडाहरुको आधारमा चिनेको प्रहरीले जनाएको छ । बोहराको शव स्थानीय गाइ चराउने गोठालाहरुले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

गुल्मी अस्पतालमा तम्घासमा राखिएको शवको पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment