Comments Add Comment

मेलम्चीमा ८ कक्षाको परीक्षा केन्द्र एक घण्टा टाढा

Photo Credit : फाइल तस्वीर

२१ फागुन, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी हुन विद्यार्थीहरु एक घण्टा टाढा जानुपर्ने भएको छ ।

चैत ७ देखि सञ्चालन हुने कक्षा ८ को नगर स्तरीय परीक्षा मेलम्ची नगरपालिकाले अन्य केन्द्रमा गएर दिनुपर्ने निर्णय गरेपछि कतिपय विद्यार्थी एक घण्टा हिँडेर जानुपर्ने भएको हो ।

यस अघि जिल्ला स्तरीय हुँदै आएको कक्षा ८ को परीक्षा अब गाउँपालिका र नगरपालिकाले सञ्चालन गर्ने भएपछि मेलम्ची नगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्न भन्दै आफू अध्ययन गरेको विद्यालयमा परीक्षा दिन नपाउने निर्णय गरेको छ ।

मेलम्ची नगरपालिकाको शिक्षा शाखाले मेलम्ची नगरपालिकाभित्र कक्षा ८ सम्म सञ्चालन भएका विद्यालयहरुका लागि नगरभित्र १४ स्थानमा परीक्षा केन्द्र कायम गरेर कक्षा ८ को परीक्षा सञ्चालनको तयारी गरेको छ ।

मेलम्ची नगरपालिकाले गरेको यो निर्णय अव्यवहारिक भएको विद्यालयका प्रधानध्यपाकहरुले बताएका छन् । विद्यार्थीहरु एक घण्टा भन्दा बढी हिँडेर परीक्षा दिनुपर्ने बाध्यता रहेको इन्द्रेश्वरी माविका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले भने ।

सिन्धुकोटकै थानाभञ्ज्याङ आधरभूत विद्यालयका कक्षा ८ का विद्यार्थीले डेढ घण्टाको टाढा रहेको कृष्ण माविमा आएर परीक्षा दिनुपर्ने छ । नगरपालिकाका शिक्षा शाखा उपसचिव भरतराज त्रिपाठीले एसईई परीक्षामा पनि यस्तो प्रचलन भएकाले कक्षा ८ मा पनि उही विद्यलयमा परीक्षा केन्द्र नदिएको बताए ।

मेलम्ची नगरपालिकामा कक्षा ८ सम्म पढाइ हुने ३८ विद्यालय छन् । उपसचिव त्रिपाठीले यो वर्ष आफूहरुको परीक्षणको लागि सेन्टर कायम गरेर कक्षा ८ को परीक्षा सञ्चालन गर्न लागेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment