Comments Add Comment

विराटनगरमा सुकुम्बासीका लागि नमुना बस्ती बनाउँदै महानगर

२१ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले सुकुम्बासी परिवारको व्यवस्थापनका लागि नमुना आवास गृह निर्माण सुरु गरेको छ ।

विराटनगर महानगरपालिका– ५ मा ८ करोड २० लाख रुपैयाँ लागतम निर्माण हुने एक सय आवास गृहको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शिलान्यास गरे ।

महानगरको अग्रसरतामा निर्माण हुने बस्ती देशकै नमुना हुने मेयर भीम पराजुलीले बताए । ‘आवास निर्माण भएपछि वडा नम्बर ५ को सकुम्बासी समस्या सामधान हुन्छ’ पराजुलीले भन्छन् ‘यस्तै परियोजना विराटनगर १९ मा पनि सञ्चालित छ ।’

वडा नम्बर ५ को शंकरवारी चोक केसलियामा रहेको २ विघा सरकारी जमिनमा एक सय घर निर्माण गरिने पराजुलीले बताए । विराटनगर १९ मा भने ६० वटा एकीकृत नमुना आवास गृह निर्माणाधीन अवस्थामा छ ।

केसलियामा निर्माण हुने आवास गृहका लागि विराटनगर महानगरपालिकाले ३ करोड ७० लाख, संघीय सरकारले २ करोड, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा १ करोड र हेबीट्याट फर ह्युमानिटीले १ करोड ५० लाख लगानी गर्नेछन् । ‘दुई बर्ष भित्र आवास गृह निर्माण गरिसक्छौ’ पराजुली भन्छन ‘ एकीकृत आवास गृह देशकै लागि नमुना हुनेछ ।’

नमुना गृहमा रहने सुकुम्बासी परिवारका लागि स्वरोजगारका कार्यक्रम पनि सञ्चालन पराजुलीले जानकारी दिए । ‘घरमात्र होइन, स्वरोजगर बन्ने आधार पनि बनाउछौ’ पराजुलीले भने ‘ जीविकोपार्जनका लागि तालिम दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment