Comments Add Comment

विराटनगरमा प्रदेश महिला सम्मेलन

२१ फागुन, विराटनगर । सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश महिला सम्मेलन सुरु भएको छ ।

मंगलबारबाट सुरु सम्मेलनमा प्रदेश १ का १४ वटा जिल्लाका महिला प्रदेश सांसद, स्थानीय तहका महिला जनप्रतिनिधि, अधिकारकर्मी र कानून व्यवसायी महिलाहरु सहभागी छन् ।

महिला सम्मेलनको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गरे । सम्मेलनको उद्घाटन गर्दै सभामुख भण्डारीले कानून निर्माणमा महिला सांसदहरुको भूमिका प्रभावकारी रहेको बताए । उनले देश निर्माणकालागि हरेक तहमा महिलाहरु योगदान उल्लेखनीय रहेको बताए ।

कार्यक्रममा उपसभामुख सरस्वती पोखरेलले नीति र कानून निर्माणका क्षेत्रमा महिला सहभागिताको अभिवृद्धिका लागि सम्मेलनले जोड दिनुपर्ने बताइन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले लैंगिक समानताका लागि समान सोच र व्यवहारः सम्वृद्धिको आधार भन्ने नाराका साथ मनाउने १०९औं विश्व श्रमिक महिला दिवसको अवसरमा सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

सम्मेलनमा प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, नेपाली कांग्रेस संसदीय दलका सचेतक सुयर्माराज राई, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, संघीय समाजवादी फोरमकी सांसद राधा थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलकी नेता बिष्णु तुम्बाहाम्फे, राप्रपा संसदीय दलकी नेता इन्दिरा राई लगायतले सम्मेलनले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान दिने बताए । सम्मेलनमा बुधबार समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment