Comments Add Comment

राजनीतिक नेतृत्व गलत बाटोमा लाग्दा धर्म कमजोर : चन्द्र भण्डारी

२१ फागुन, गुल्मी । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक नेतृत्व गलत बाटोमा लाग्दा धर्म कमजोर भएको बताएका छन् ।

मंगलबार महेन्द्र आदर्श मावि वामीटक्सार गुल्मीको हिरक महोत्सव तथा धनधान्यान्चल महायज्ञको समापन गर्दै उनले अन्य देशमा संस्कृति पढ्न थालेका बेला नेपालमा बन्द गर्नु गम्भीर गल्ती भएको बताए ।

नेता भण्डारीले संस्कृत भाषाले मात्रै मानिसको चेतना विकासमा सहयोग पुर्‍याउने धारणा राखे । शिक्षा असल नहुँदा युवा विदेशिनु परेको भन्दै पूर्वसांसद भण्डारीले राजनीतिक नेतृत्व तथा जनप्रतिनिधि कुर्ची मोहमा फसेको आरोप लगाए ।

विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्देश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा सञ्चालन गरिएको थियो । महायज्ञबाट करिब ६ करोड आम्दानी भएको लेखा समितिका संयोजक डिल्लीराज खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment