Comments Add Comment

भारतसँग अष्ट्रेलिया पराजित

२२ फागुन, काठमाडौं । पाहुना टोली अष्ट्रेलिया भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पराजीत भएको छ ।

मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराएको हो । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले बाजी मारेको हो ।

२५१ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २४२ रन मात्रै बनाउन सक्यो ।

अष्ट्रेलियाका मार्कस स्टोइनिसले ५२, पिटर हृयाण्ड्स्कम्बले ४८, उस्मान खवाजाले ३८ र कप्तान एरोन फिन्चले ३७ रन बनाए पनि जीत दिलाउन सकेनन् ।

भारतका लागि कुलदीप यादवले ३ र जस्पि्रत बुम्राह र बिजय शंकरले समान २-२ विकेट लिए ।

यसअघि भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा २५० रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले ११६ रन बनाउँदै शतक पूरा गरेका थिए । अष्ट्रेलियाका पट कुमिन्सले ४ विकेट लिएका थिए ।

यो जीतसँगै भरातले पाँच खेलको एकदिवसीय सिरिजमा २-० को अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment