+
+
Shares

दीपिकाका लागि रणवीर–‘श्रीमान् नम्बर १’

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते ११:३९

बलिउड नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको जोडी बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ । उनीहरुको प्रेम पनि लोभलाग्दो नै छ । एक–अर्काको प्रशंसा गरेर उनीहरु थाक्दैनन् । दीपिका र रणवीरलाई ‘आइडल जोडी’ मान्नेहरुको पनि कमी छैन ।

यस्तैमा रणवीरले आफ्नो इन्स्टाग्राममा एक फोटो पोस्ट गरे । ‘ग्रजिया’ नामक म्यागाजिनको कभर फोटो उनले आफ्नो सोसल मिडियामा सार्वजनिक गरेका थिए । त्यहाँ रणवीरलाई ‘हिरो नम्बर १’ भनिएको छ । उनले सेयर गरेको यो तस्विरमा दीपिकाले कमेन्ट गरेकी छिन् ।

कमेन्टमा दीपिकाले रणवीरलाई ‘हिरो नम्बर १’ मात्र नभएर अन्य उपमा पनि दिएकी छिन् । उनले त्यहाँ रणवीर क्युट नम्बर १, हट्टी नम्बर १ र हजवेन्ड नम्बर १ भएको उल्लेख गरेकी छिन् दीपिका रणवीरसँग घरबार जोडेपछि निकै खुशी छिन् । दीपिकासँग बिहे गरेपछि रणवीरको करिअरले नयाँ बाटो तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?