Comments Add Comment

मेयरको घरमा चोरी गरेको आरोपमा दुई जना पक्राउ

२२ फागुन,  जनकपुर । जनकपुरधाम उपमहानागरपालिकाका नगरप्रमुख लालकिशोर साहको घरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपिलका ६ का २० वर्षीय बिक्की साह र वडा नम्बर ४ का २० वर्षीय किसन मण्डल पक्राउ परेका हुन् ।

मेयर साहको छोरीको विवाहका लागि ल्याइएको एक लाख मूल्य बरावरको विभिन्न खाद्य सामाग्री तथा अन्य सामग्रीहरु चोरी गरेको आरोपमा साह र मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले चोरी गरेको सामानसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । दुबै जनामाथि चोरीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment