Comments Add Comment

रक्षामन्त्री पोखरेलले भेटे सेनाका घाइते हवल्दारलाई

काठमाडौं, फागुन २१ । उपउप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना दिवसको अवसरमा आयोजित प्रदर्शनका क्रममा घाइते भएका हवल्दार पूर्णबहादुर भण्डारीलाई भेटेका छन् ।

बुधबार बिहान मेडिसिटी हस्पिटल पुगेर मन्त्री पोखरेलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

यसअघि २० फागुनमा टुँडिखेलमा आयोजित समारोहमा प्यासुटमार्फत फ्री-फल जम्प गर्ने क्रममा उनी घाइते भएका थिए ।

भेटका क्रममा मन्त्री पोखरेलले उपचारका क्रममा केही समस्या देखापरे तुरुन्त खबर गर्न समेत चिकित्सकहरुलाई आग्रह गरेका छन् । साथै, उनले भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यता, सैनिक प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार उनको खुट्टाको एउटा हड्डी भाँच्चिएको छ । यद्यपि, अहिले उनको अवस्था सुधारोन्मुख रहेको ढकालको भनाइ छ ।

‘स्वेलिङ देखिएको थियो । बीचमा एक पटक भ्याण्डिलेटरमा पनि राख्नु पर्‍यो’, ढकालले अनलाइनखबरसँग भने, ‘तर, अहिले अवस्था सुधार हुँदै गएको चिकित्सकहरुको भनाइ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment