+
+
Shares

द्वन्द्वकालको रिस बाँकी छ भने दण्डित गर्नुस्, म तयार छु : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते १८:१९

२२ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालीन घटनाहरु ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनुपर्ने बताएका छन् । यदि कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती दिए ।

बुधबार संसदलाई सम्बोधन गर्दै भट्टराईले सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एण्ड फर्गेट अर्थात ‘क्षमा गर र भूल’ को आधारमा काम गर्नुपर्ने बताए । उनले भने, ‘दुनियाँ कराउँदै गर्छ तर, हाम्रो शान्ति प्रक्रिया आफैं ढंगको हो ।’

उनले कसैलाई दण्डित गर्नुपर्छ भने माओवादीले बनाएको समानान्तर सरकार संयुक्त राष्ट्रिय जनपरिषद्को प्रमुखको नाताले आफूलाई दण्डित गर्न आग्रह गरे । नयाँ शक्तिका संयाजक भट्टराईले भने, साँच्चै साथीहरुमा अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुस्, म दण्ड व्यहोर्न तयार छु । यसलाई व्यवस्थापन गरौं ।’

विप्लवलाई गम्भीरतापूर्वक लिऔं

भट्टराईले नेत्रविक्रम चन्द विप्लव समूहको क्रियाकलापलाई गम्भीरतापूर्वक लिन सरकारलाई सचेत गराए ।विप्लव समूहले रक्तश्राव गरेर राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्ने भन्दै बेलैमा त्यसतर्फ सचेत हुन आग्रह गरेका हुन् ।

विप्लव समूहमा भर्भराउँदो युवाहरु लागेको देख्दा चिन्ता लागेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विकास समृद्धि र सुशासन दिन नसकेमा फेरि आन्दोलनको ज्वाला उठ्न सक्नेतर्फ सचेत गराए । ‘विप्लव समूहमा भर्भराउँदो खालको युवाहरु खटेको देख्दा बढो चिन्ता लागेर आयो । उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन् । यदि हामीले ठीक ढंगले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु’ उनले भने ।

विप्लवको बाटो ठीक छैन भन्नेमा कुनै भ्रम नभए पनि उनीहरुले राज्य कमजोर पारिराख्न भने सक्ने बताए । ‘त्यो बाटो ठीक छैन । अहिलेको दिनमा त्यसले कहिँ पनि पुर्‍याउँदैन । त्यसमा मलाई कुनै पनि भ्रम छैन’ भट्टराईले भने ‘तर उनीहरुले रक्तश्राव गरेर ब्लिडिङ गरेर यो राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्छन् ।’

भट्टराईले विप्लव समूहसँगै तराई मधेसमा असन्तुष्ट समूहले पृथकतावादी कुरा लिइरहेको भन्दै त्यसलाई हल गर्न सरकारले बेलैमा सचेत हुनुपर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?