Comments Add Comment

प्रदिप खड्काको बोली बारम्बार किन चिप्लन्छ ?

मंगलबार काठमाण्डौमा आयोजित चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक कार्यक्रममा नायक प्रदिप खड्काले बोलेको वाक्यलाई सबैभन्दा यहाँ उल्लेख गरौं । प्रदिपले निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्नु अगाडिको प्रसंग कोट्याउँदै भने–‘चलचित्र राम्रो बन्न निर्देशक राम्रो हुनुपर्छ । पहिले पहिले एक दुइवटा चिजले पनि निर्देशक राम्रो हुनुपर्छ भन्ने लागिसकेको थियो ।’

प्रदिपले यसो भनेपछि आफै हाँसे । प्रदिपको यो अभिव्यक्ति ‘लिलिबिली’का निर्देशक मिलन चाम्सदेखि ‘रोज’का निर्देशक निरक पौडेलसम्मलाई थियो भने वुझ्न त्यती घोत्लिन पर्दैन । हुनत, प्रदिपले आफूले काम गरिसकेका चलचित्रको कुनै न कुनै सदस्यलाई यसरी मजाक बनाएको यो पहिलो घटना भने होइन । यसअघि पनि उनले एक चलचित्रको पत्रकार सम्मेलनमा नायिकाहरुप्रति लक्षित गर्दै भनेका थिए–‘मैले नायिका छान्दिन भन्ने कुरा त यसअगाडि मैले काम गरेका नायिकाहरुबाट पनि थाहा हुन्छ ।’ प्रदिपले त्यो समयमा नायिका पूजा शर्मा र अश्लेषा ठकुरीमाथि मजाक उडाएका थिए ।

निकै संघर्ष गरेर ‘प्रेमगीत’बाट उचाई बनाएका नायक हुन् प्रदिप खड्का । तर, प्रदिपले पछिल्लो समयमा पाएको सफलतासँगै अरुलाई मजाक बनाउन थालेका छन् । यसले प्रदिप खड्कामा स्टारडम चढेको भन्नेहरु पनि छन् ।
प्रदिपले काम गरेका सबैजसो निर्देशकसँग उनको सम्बन्ध ३६ को आँकडामा छ । चलचित्र ‘प्रेमगीत’का निर्देशक सुदर्शन थापादेखि ‘प्रेमगीत २’का निर्देशक रामशरण पाठक, ‘लिलिबिली’का निर्देशक मिलन चाम्स, ‘रोज’का निर्देशक निरक पौडेलसँग उनको सम्बन्ध सुमधुर नभएको प्रष्ट देखिन्छ पनि ।

कलाकार जुनसुकै स्थानमा पुगोस्, अरुलाई सम्मान दिन सकेन पनि चिप्लने कुरामा दुइमत छैन । चलचित्र क्षेत्रमा हरेक कलाकारको भविष्य, हरेक हप्ता फेरिने शुक्रबारले निर्धारण गर्छ । चलचित्र क्षेत्रमा एक दशक अगाडि बलेका नायकहरु अहिले काम खोज्दै निर्माता–निर्देशको ढोकासम्म पुग्न थालेका छन् ।

यसैले, आफूले काम गरेका हुन् या नगरेका, कलाकारदेखि हरेक विधामा काम गर्ने चलचित्रकर्मीले सम्मान र आदर दिन सकेनन् भने त्यसले हानी पुर्याउँछ । प्रदिप यस्ता कुरामा बेला–बेलामा चिप्लन्छन् या उनी जानी जानी नै यस्तो कुरा बोलिदिन्छन्, यो त उनले नै जान्ने कुरा भयो । तर, एउटा स्टारको मुखबाट यस्तो खालको मजाक खासै शोभा दिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment