Comments Add Comment

ग्रामीण विकासको अर्धवार्षिक समीक्षा सम्पन्न

२२ फागुन, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व.२०७५/७६ अवधिको प्रथम अर्धवार्षिक कार्यक्रम तथा बजेट समीक्षा गोष्ठी हालै वुटवलमा सम्पन्न भएको छ ।

प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले गोष्ठी उद्घाटनका क्रममा आफ्नो मन्तब्य राख्दैै अर्धवार्षिक अवधिमा भएका काम कारवाहीको विश्लेषण गरी लक्ष्य अनुरुप उपलब्धी हासिल हुन नसकेका सूचकांकहरूको विश्लेषण गरी सो हुनुको कारण र वार्षिक लक्ष्य पुरागर्न अपनाउनु पर्ने रणनीति तर्जुमा गर्न गोष्ठीले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा संस्थाका पा“चवटै क्षेत्रीय कार्यालय तथा विभागहरूबाट प्रस्तुत आ.व.२०७५÷७६ को प्रथम अर्धवार्षिक अवधिको बजेट समीक्षा तथा कार्यक्रमको प्रगति उपर विस्तृत रूपमा (शाखागत) छलफल गर्नुका साथै तोकिएको लक्ष्य पुरा नभएका शिर्षकमा आगामी २०७६ आषाढ मसान्तसम्म लक्ष्य पुरा गर्ने प्रतिबद्धता समेत जाहेर गरिएकोे थियो ।

उक्त गोष्ठीमा प्रधान कार्यालय बुटवलका सबै विभागिय प्रमुखहरू, कम्पनी सचिव, क्षेत्रीय कार्यालय विराटनगर, जनकपुर, बुटवल, नेपालगंज, धनगढीका क्षेत्रीय प्रबन्धकहरू, क्षेत्रीय कार्यालयका कर्जा व्यवस्थापन नीति तथा योजना महाशाखा प्रमुखहरू, सम्बन्धित विभागका अन्य अधिकृत कर्मचारीहरू र संस्थामा कृयाशील तीनवटै युनियनका अध्यक्षहरूकोे सहभागिता रहेको थियो ।

यस संस्थाले २०७५ पौष मसान्तसम्म १ लाख २९ हजार ५८८ ऋणीसदस्यहरूको घरदैलोमा विभिन्न प्रकारका लघुवित्त सेवा पु¥याउ“दै आएकोछ । यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा रु. ९ अर्ब १७ करोड, कुल बचत रु. २ अर्ब ९७ करोड र सञ्चालन नाफा (अपरिष्कृत) रु. १७ करोड ८२ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment