Comments Add Comment

काठमाडौंमा ‘अन्तर्राष्ट्रिय किसान सम्मेलन’ हुने

२२ फागुन, काठमाडौं । यही फागुन २६ देखि २८ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलन आयोजना हुने भएको छ ।

राष्ट्रिय किसान आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । ‘खाद्य सम्प्रभुता र किसान अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ नाम दिइएको सो सम्मेलन मुलुकलाई समृद्ध बनाउने गरी किसानको अधिकार र कृषि क्षेत्रको विकासका लागि आवश्यक नीति तय गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको आयोगका प्रवक्ता रवीन्द्र केसीले जानकारी दिए

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले समापन गर्नेछन् ।

तीन दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेशिया, मलेसिया, भियतनामका कृषि विज्ञहरु, किसान संघ, संस्थाका प्रतिनिधिहरु गरी करिब ३५० जनाको सहभागिता रहनेछ ।

सम्मेलनबाट नेपालको कृषि क्षेत्रको विकास तथा विस्तारका लागि आवश्यक योजना, नीति र कार्यक्रम तय गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment