Comments Add Comment

राहत शिक्षकले भेटे खानेपानीमन्त्री, माग सम्बोधनको पहल गरिदिन आग्रह

२२ फागुन, काठमाडौं । सुदूरपश्चिमका राहत तथा बालविकास शिक्षकहरुले बुधबार खानेपानी मन्त्री बिना मगरसँग भेट गरी आफ्ना माग तथा गुनासा सम्बोधन गराउन पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिमका राहत तथा बालविकास शिक्षकको प्रतिनिधिमण्डलले आफूहरुले उठाएका माग सम्बोधन गराउन पहल गर्न खानेपानी मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले संघीय शिक्षा ऐनले आफूहरुको अधिकार खोसिन लागेको गुनासो गर्दै खानेपानी मन्त्री समक्ष तत्काल वार्ताको वातावरण बनाउन पहल गरिदिन माग गरेका छन् ।

संघीय शिक्षा ऐनको मस्यौदामा स्थायी व्यवस्थापन गर्ने कुनै पनि प्रक्रिया नराखिएको कारण आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ थियो ।

भेटमा खानेपानी मन्त्री मगरले राहत तथा बाल विकास शिक्षकहरुले उठाएका माग प्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिइन् । उनले सदन र मन्त्रिपरिषद् बैठकमा कुरा राख्ने आश्वासन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment