Comments Add Comment

रवीन्द्र अधिकारीको नाममा पार्क बनाउने अनेरास्ववियुको घोषणा

२२ फागुन, काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले मुलुकको समृद्धि अभियानमा सहकार्य गरेर अघि बढ्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई समृद्ध बनाउने अभियानमा नजुटे संघीय लोकतान्त्रिक गणतन्त्र गुम्नसक्ने तर्फ सचेत गराए ।

हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा गौतमलेे विश्वविद्यालयहरुले पनि मुलुकको समृद्धिको लागि आवश्यक जनशक्तिको निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने आवश्यक्ता औंल्याए ।

मन्त्री अधिकारीको निधनबाट मुलुकले अपुरणीय क्षति व्यहोरेको उल्लेख गर्दै गौतमले उनका अधुरा सपना पूरा गर्ने काममा लाग्न पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आहृवान गरे ।

कार्यक्रममा अनेरास्ववियुले स्वर्गीय अधिकारीको नाममा पार्क स्थापना गर्ने घोषणा गरेको छ । अनेस्ववियूकी अध्यक्ष नविना लामाले संगठनका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अधिकारीको नाममा अक्षयकोष खडा गर्न एक लाख आर्थिक सहायता दिने घोषणा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment