Comments Add Comment

पूर्व क्रिकेटर बासुदेवलाई सिप्यानको आर्थिक सहयोग

२२ फागुन, काठमाडौं । क्रिकेट खेलाडी संघ (सिप्यान) ले पूर्व क्रिकेटर बासुदेव थापालाई आर्थिक सहयोग गरेको छ ।

सीप्यानले काठमाडौंमा आज आफ्नो साधारणसभाको अवसर पारेर क्रिकेटर बासुदेव थापालाई नगद ५० हजार रुपैयाँ प्रदान गरिएको हो । उनलाई सिप्यानका अध्यक्ष डाक्टर मनिषराज पाण्डेले नगद हस्तान्तरण गरे । उनी लामो समयदेखि विरामी छन् ।

त्यस्तै, सीप्यानको चौथो साधारण सभाले रिक्त रहेको दुई कार्यसमिति सदस्यको पदपूर्ति पनि गरेको छ । कार्यसमितिबाट राजिनामा दिएका सदस्य दीपेन्द्र चौधरी सुवास खकुरेलको स्थानमा पूर्व क्रिकेटर शक्ति गौचन र ज्योति पाण्डेलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment