Comments Add Comment

पुलिसलाई पराजित गर्दै थ्रीस्टार झापा गोल्डकपको सेमिफाइनलमा

२२ फागुन, विर्तामोड । विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै थ्रीस्टार झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि उसले आयोजक झापा एघारसँग प्रतिस्पर्धा गर्ने छ ।

निर्धारित ९० मिनेटसम्म गोलहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा भाग्यमानी सावित भयो थ्रीस्टार ।

थ्रीस्टारले पेनाल्टीमा पुलिसलाई ३-० ले पराजित गरेको हो । थ्रीस्टारका बिजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गर्न सफल भए । तर कप्तान विक्रम लामाको प्रहार भने पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाउन सफल भए ।

पुलिसका अजित भण्डारी र भरत शाहको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाए । उनकै उत्कृष्ट प्रदर्शनमा थ्रीस्टारले पुलिसमाथि जित हात पार्दै सेमिफाइनल पुगेको हो । त्यस्तै, रवि पासवानको प्रहार भने आकासिएको थियो ।

बिहीबारको अन्तिम क्वाटरफाइनलमा क्यामरुनको डफिन्सले रुपन्देही एघारसँग प्रतिस्पर्धा गर्दैछ ।

झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment