Comments Add Comment

बस र मोटरसाइकलको ठक्करबाट भक्तपुरमा १ जनाको मृत्यु

२३ फागुन, काठमाडौं । भक्तपुरमा बस र मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका -२ सानोठिमी वन कार्यालयको आरोलोमा बा७४व ५५३ नम्बरको मोटरसाइकलको ठक्करबाट सडकमा लडेको प्रदेश ३-०२-००२ प६२ नम्बरको मोटरसाइकललाई बा२ख ४८६८ नम्बरको बसले ठक्कर दिंदा चालक २४ वर्षीय सन्तोष राईको मृत्यु भएको हो ।

काभ्रे देउखुरी-३ घर भई भक्तपुरको मध्य ठिमी नगरपालिका-९ बोडेमा बस्ने राईलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी बृत्त ठिमीले ठक्कर दिने मोटरसाइकलका चालक काडमाडौं-३२ का २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बसका चालक सिन्धुपाल्चोक बलेफी-३ का ताराबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment