+

विवाहको वर्षगाँठमा क्रिकेट रंगशालालाई विश्वप्रकाशको सहयोग

२०७५ फागुन  २३ गते १२:५२ २०७५ फागुन २३ गते १२:५२
विवाहको वर्षगाँठमा क्रिकेट रंगशालालाई विश्वप्रकाशको सहयोग

२३ फागुन, काठमाडौं । कांग्रेस नेता विश्वप्रकाश शर्माले धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रंगशालालाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आफ्नो विवाहको १६ औं वर्षगाँठको अवसर पारेर उनले यो रकम हस्तान्तरण गरेका हुन् ।

तीन अर्ब रुपैयाँ लागतमा निर्माण गर्ने घोषणा गरिएको रंगशालाका लागि सहयोग संकलन जारी रहेको छ ।

अहिलेसम्म पाँच करोडभन्दा बढी संकलन भइसकेको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

अहिले रंगशाला निर्माणको प्रारम्भिक कामहरु भइरहेको उनले बताए ।

नेपाली क्रिकेट विश्वप्रकाश शर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय