Comments Add Comment

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलायो

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नयाँ विधान कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनलाइनखबरलाई जानकारी दिए । बैठकमा विधान अनुसारको नियमावली, निर्वाचन समिति लगायतका विषयमा छलफल हुने शर्माले बताए ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरूले बैठकमा भाग लिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment