Comments Add Comment

दुई जना फरार अभियुक्त पक्राउ

२३ फागुन, वीरगञ्ज । सवारी ज्यान र लागूऔषध तथा विष्फोटक पदार्थ मुद्दामा दोषी ठहर भइ फरार भएका २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ५५ वर्षीय कमरूदिन मियाँ अन्सारी र बारागढी गाउँपालिका-५ बस्ने ३१ वर्षीय उमेश पटेल पक्राउ परेका हुन् ।

बारा जिल्ला अदालत कलैयाबाट दोषी ठहर भइ फरार भएका उनीहरुलाई पक्राउ गरि कैद सजाय भुक्तानको लागि वीरगञ्ज कारागार कार्यालय, पर्सामा पठाएको बारा प्रहरीले जनाएको छ ।

बारा जिल्ला अदालतको वि.स. २०५३ साउन १३ गतेको फैसला सदर हुने ठहर गर्दै पुनरावेदन अदालत हेटौंडाबाट बि.स. २०५४ जेठ १२ गते अन्सारीविरुद्ध सवारी ज्यान मुद्दामा ४ महिना कैद र ५ सय जरिवाना फैसला सुनाएको थियो ।

इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो ।

त्यसैगरी बारा जिल्ला अदालतले वि.स. २०६९ कात्तिक २४ गतेको फैसला आदेशले लागूऔषध तथा विष्फोटक पदार्थ मुद्दामा पटेललाई दोषी ठहर गरेको थियो । उनीविरुद्ध २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment