Comments Add Comment

सारा र कात्तिकको चुम्बन भाइरल

अहिले बलिउडमा नायिका साराअली खान र नायक कार्तिक आर्यन निकै चर्चित बनिरहेका छन् । नयाँ पुस्तामा राम्रो काम गर्न सक्ने क्षमता भएका कलाकारमा उनीहरुको नाम अग्र स्थानमा आउँछ । मिडियामा पनि केही समयदेखि यो जोडी गसिपको केन्द्रविन्दुमा छ ।

साराले चलचित्र ‘सिम्बा’को प्रचारको समयमा आफूलाई कार्तिक आर्यनसँग डेट गर्न मन लागेको बोलेकी थिइन् । कार्तिक अनन्या पाण्डेको प्रेममा भएका कारण यो कुरालाई उनले प्रतिकृया जनाएका थिएनन् । तर, फ्यानको ‘सारा र अनन्यामा तपाईको मनपर्ने को ?’ भन्ने प्रश्नमा कार्तिकले जसको म फेबरेट छु भन्दै उत्तर फर्काएका थिए । जहाँबाट उनी सारा प्रति पनि आकर्षित छन् भन्ने प्रस्ट हुन्थ्यो ।

यस्तैमा उनीहरुको एक भिडियो सार्वजनिक भएको छ । जहाँ कार्तिक र साराले लिप किस गरिरहेका छन् । चलचित्र ‘लभ आजकल २’को सुटिङ सेटमा उनीहरुले किस गरेका हुन् । उनीहरुले चलचित्रको दृष्यकै लागि एक–अर्काको ओठमा ओठ जोडेका हुन् । अहिले यो भिडियो निकै भाइरल भइरहेको छ । धेरैले सारा र कार्तिकको चाहाना पुरा भएको प्रतिक्रिया दिएका छन् ।

सारा र कार्तिक मुख्य भुमिका रहेको चलचित्र ‘लभ आजकल २’लाई इम्तियाज अलीले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment