Comments Add Comment

चौंथो इन्टर क्लब महिला स्क्वाटको उपाधि विपाशीलाई

२४ फागुन, काठमाडौं । चौंथो इन्टर क्लब महिला स्क्वाट प्रतियोगिताको ६० केजी तौल समूह भन्दा माथिको स्पर्धामा जिमखाना मुवाथाई क्लबकी विपाशी तुलाधरले जितेकी छिन् ।

उनले १५० केजी तौल उचाल्दै प्रथम स्थान हाशिल गरेकी हुन् । त्यस्तै, द वर्कआउट स्टेसन क्बलकी उमा महर्जन दोस्रो भइन् । उनले १४० केजी तौल उल्दै दोस्रो भएकी हुन् भने नेपाल व्यायाम मन्दिर क्लबकी विद्या राईले १४० केजी तौल नै उचाल्दै तेस्रो भइन् ।

त्यस्तै, ६० केजी तौल समूहभन्दा कमको स्पर्धामा द फिजिक्स वकशप क्लबकी ओलिभा महर्जनले जितेकी छिन् । उनले १२५ केजी तौल उचालेर प्रथम स्थान हासिल गरेकी हुन् ।

त्यस्तै, रेज फिट्नेस क्लबकी अरुणा बस्नेत दोस्रो भइन् । उनले ११५ केजी चौल उचाल्न सफल भइन् । त्यस्तै, रानीपौवा स्पोर्टस्की ज्योति थापाले १०० केजी तौल उचाल्दै तेस्रो स्थान हासिल गरिन् ।

२२० जना प्रतिस्पर्धी रहेको यो प्रतियोगितामा ३१ प्रतिस्पर्धी अन्तिम चरणमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment